Friday, April 11, 2014



सन् १९२५ जुलाई २६(बि.स. १९८२ श्रावण ११ गते) का दिन किरात साहित्य याक्थुंङ हाङ चुम्लुङ्गको निर्माण भएको थियो। उक्त चुम्लुङ्ग निम्न व्यक्तिहरुको सक्रियतामा गठन भएको थियो।

१. इमानसिंह
चेम्जोङ - संयोजक
२. बुद्दिमानसिंह  चेम्जोङ - सदस्य
३. जसबहादुर सोगबांङ- सदस्य
४. मेजर हर्कबल सोगबांङ- सदस्य
५. जितबहादुर थिगिम- सदस्य
६. मण्डल हंसराज- - सदस्य
७. कुल बहादुर चेम्जोङ- सदस्य
८. निर्मल आङलिङ- सदस्य
त्यसै गरि २००८ सालमा पुर्वाञ्चल किरात लिम्बुवान प्रदेशको प्रतिनिधि मण्डल गठन भयो। सो प्रतिनिधि मण्डल लिम्बु र लिम्बुवानको थिति(प्रचलन,परम्परा, नियम आदि) कायम होस् भन्ने माग पत्र सहित राजधानी आएको थियो। जसको नेतृत्व प्रेमबहादुर माबोहाङ चेम्जोङले गरेका थिए।    

No comments:

Post a Comment