Monday, April 14, 2014

सन् १७६९ मा बुद्दिकर्ण राय(राज/राजा) मोरंग जिल्लाका  राजा भए। उनले विजयपुर(धरान माथिको डाँडो) लाई आफ्नो राजधानी बनाए। उनले मोरंग जिल्लामा चार वर्ष(१७६९-१७७३) सम्म शासन गरे। उनको मृत्यु पछि उनको मृत आत्मालाई बुढा सुब्बा मानेर समाधि निर्माण गरि श्रद्धा गर्न थालियो भन्ने इतिहासिक व्याख्या छ।

* मैथिली भाषामा ''ज'' लाई ''य'' लेख्ने गरेको पाइन्छ। अर्थात् ''ज'' को स्थानमा ''य'' प्रयोग भएको पाइन्छ। जस्तै:- कार्यक्रम=कार्जक्रम, कार्य=कार्ज, योग=जोग आदि। दक्षिण पश्चिम क्षेत्रको शक्तिशाली सेन राज्य, जसको सबै भन्दा ठुलो भूखण्ड हालको मिथिला क्षेत्रमा बिस्तारित थियो,को प्रभावका कारण दश लिम्बुवान भित्रका सरदारहरुले आफ्नो नामको पछि रे/ राय लेख्ने गरेको देखिन्छ। जस्तै:- काङसो-रे/राय, बुद्दिकर्ण राय,  कुम राय, सुन राय, आदि।
 

No comments:

Post a Comment