राजा उवाहाङको छोरा माबोहाङको समयमा हाल पान्थर स्थित कुम्मायक माङहिम भएको स्थानमा साक्षात युमा प्रकट हुनु भएको भन्ने इतिहासका किताबहरु साथै स्थानीय जनश्रुतिमा प्रशस्त देख्न र सुन्न पाइन्छ। ति किताबहरुमा राजा माबोहाङको शरीरमा युमा उत्पन्न भई युमावाणी भन्नु भएको भनिएको छ। जसलाई माबोहाङ देववाणी/युमावाणी पनि भन्ने गरिन्छ। उक्त युमावाणीको नेपाली भाषामा अनुवादित सानो अंश यस्तो छ।
''म अत्यन्त शक्तिशाली आत्मा हुँ,
म तिमीहरु सबैलाई आनन्द र उन्नति दिन्छु।
म तिमीहरु सबैलाई ज्ञान, बुद्दि र शक्ति दिन्छु
मातृभूमिको शासक गर्ने र दिर्घायु हुने शक्ति दिन्छु।
तर,
तिमीहरुले मलाई नभुल्नु,
सधै आफ्नो आमा-बुबा जस्तै सम्झनु।
अनि, मेरो काखमा बस्नु,
तिमीहरुलाई माया गर्ने छु
आशिर्वाद दिनेछु।
तिमीहरु दुखि र निराश हुनु हुदैन,
तिम्रा छोरा नातिहरु
मानिसहरुको बीचमा महान हुनेछ।''
म तिमीहरु सबैलाई आनन्द र उन्नति दिन्छु।
म तिमीहरु सबैलाई ज्ञान, बुद्दि र शक्ति दिन्छु
मातृभूमिको शासक गर्ने र दिर्घायु हुने शक्ति दिन्छु।
तर,
तिमीहरुले मलाई नभुल्नु,
सधै आफ्नो आमा-बुबा जस्तै सम्झनु।
अनि, मेरो काखमा बस्नु,
तिमीहरुलाई माया गर्ने छु
आशिर्वाद दिनेछु।
तिमीहरु दुखि र निराश हुनु हुदैन,
तिम्रा छोरा नातिहरु
मानिसहरुको बीचमा महान हुनेछ।''
फोटोमा कुम्मायक मांगहिम, यासोक, पान्थर।
No comments:
Post a Comment