Saturday, April 12, 2014

चेम्जोङ्ग बंशका आठ व्यक्तित्वहरु सम्मानित।
थाक्थाकु माबोहांग चेम्जोङ वंश उत्थान संघ केन्द्रिय समितले आज मिति २०७० साल चैत्र २९ गते विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चेम्जोङ्ग वंशका विभिन्न आठ व्यक्तित्वहरुलाई सम्मान गर्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति  प्रज्ञा श्री बैरागी काईला(तिल बिक्रम नेम्बांग) को प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा पुर्व शान्ति तथा पुनर्निमाण मन्त्री तथा संघिय समाजबादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङ्ग, दोस्रो संबिधानसभामा धनकुटा क्षेत्र न. १ को एमाले तर्फबाट निर्वाचित सभासद टिकाराम चेम्जोङ्ग र मोरंग क्षेत्र न. ९ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सभासद डिकबहादुर चेम्जोङ्ग, पुर्व डिआइजी हांगसिंह चेम्जोङ्ग, पुर्व ब्रिग्रेडियर जनरल मोहन सिंह चेम्जोङ्ग, जेष्ठ नागरिक तथा समाजसेवी दलबहादुर चेम्जोङ्ग, पुर्व एसपी तथा २००७ सालको जना मुक्ति सेना लोकबहादुर चेम्जोङ्ग र अर्का जन मुक्ति सेनानी मानबहादुर चेम्जोङ्ग सम्मानित हुनु भएको थियो। सो कार्यक्रमका प्रमुख अथिति काईलाले इतिहास र मुन्धुमका बिषयमा बोल्दै किरात इतिहासको लेखन र संस्कृतिको विकास र प्रवर्धनमा इमानसिंह चेम्जोङ्गले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भयो। सोहि क्रममा काईलाले चेम्जोङ्ग बंशलाई युमाले प्रत्यक्ष दर्शन र शक्ति दिएको कारण चेम्जोङ्ग बंशले इतिहास, भाषा, संस्कृतिको बिकासमा महत्वपुर्ण भूमिका खेल्न सक्ने र खेल्नु पर्ने विचार व्यक्त गर्नु भयो।
ललितपुरको गोदावरीका आयोजित सो कार्यक्रमको अध्यक्षता संघको अध्यक्ष टेक रत्न चेम्जोंगले गर्नु भएको थियो भने संघका उपाध्यक्ष गंगा चेम्जोङ्गले स्वागत मन्तब्य दिनु भएको थियो। कार्यक्रम संचालन संघका महासचिव जितेन्द्रराज चेम्जोङ्गले गर्नु भएको थियो।

No comments:

Post a Comment