थोरै इतिहासका कुरा।
.............''आम्बेपोजोमा'' को सामुहिक संकल्प पछिको बिद्रोहले प्राचिन लिम्बुवान स्थापना गर्यो। उनीहरुले आफ्नो राज्य सिमा उतरमा तिब्बत, दक्षिणमा पूर्णिया छेउ गलालगढ़, पूर्वमा टिस्टा र पश्चिममा दुधकोशी सम्मको कायम गरे। जसलाई उनीहरुले दश यक(गढ /किल्ला) मा बिभाजन गरि दश लिम्बु सरदार छानी शासन गर्ने निर्णय गरे। ति दश लिम्बुहरु मध्येका एक थिए- सोइयाक्लादोङ्हाङ्।
उनले चौबिस र बोधेलाई केन्द्र मानी पहाडमा चेम्जोङ्ग, संयोग, वाजी, भाजी र तराइमा थारु, धिमाल, कोचेहरुलाई समेटी शासन गर्न थाले। साँगुरी(धरान भेडेटार छेउ जसलाई साँगुरी गढीको रुपमा पनि चिनिन्छ) मा मूल किल्ला निर्माण गरेका उनले आफ्नो दक्षिणी सिमाना पूर्णिया छेउ गलालगढ़ सम्म कायम गरे।
(फोटोमा दश लिम्बुहरु मध्येका एक सोइयाक्लादोङ्हाङ्ले निर्माण गरेको ऐतिहासिक साँगुरी गढी।)
No comments:
Post a Comment